Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • वरिष्ठ साहित्यकार पाठक न्युयोर्कमा सम्मानित

    September 13, 2017
    न्युयोर्क । क्यापिटल एफएमका निर्देशक वरिष्ठ साहित्यकार एवं पत्रकार व्याकुल पाठकलाई अन्तर्राष्ट्रिय साहित्य समाज न्युयोर्क च्याप्टरले यहाँ आयोजित विशेष कार्यक्रममा सम्मान गरेको छ । संयुक्त राज्य अमेरिकाको निजी भ्रमणका सिलसिलामा अहिले न्युयोर्क आइपुगेका पाठकलाई उनले नेपाली साहित्य र पत्रकारितामा विगत साढे दुई दशकदेखि अनवरत रूपमा पु¥याउँदै आएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । 
    अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले साहित्यकार पाठकले नेपाली साहित्य र पत्रकारितामा महत्वपूर्ण योगदान पु¥याएका उल्लेख गरे । पाठकलाई न्युयोर्कमा स्वागत गर्दै उनले उत्तरोत्तर सफलताको कामना पनि गरे । कार्यक्रममा वरिष्ठ साहित्यकार एवं न्युयोर्कका लागि वाणिज्यदूत कृसु क्षेत्रीले साहित्यकार पाठक आफ्नो दुई दशकदेखिको आत्मीय मित्र रहेको उल्लेख गर्र्दै उनको योगदानका आधारमा अनेसासले सम्मान गरेर राम्रो काम गरेको बताए । 
    न्युयोर्क निवासी साहित्यकार लक्ष्मी श्रेष्ठको कविताकृति ‘ढुकढुकीमा सुन्दरीजल’ विमोचन समारोहमा वरिष्ठ साहित्यकार पाठकलाई सम्मान गरिएको हो । कार्यक्रममा पहिलो नेपाली तारा दीपक लिम्बुलाई पनि सम्मान गरिएको थियो । 
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope