Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • ऐतिहासिक र पर्यटकीय शहर क्वाङ्गचौ-विमलकुमार थापा/क्वाङ्गचौ, चाइना

    July 07, 2017
    चीनको क्वाङ्गचौ शहरमा वान बेल्ट वान रोड भित्रका मुलुकका सञ्चारकर्मीहरुहरुले आज यहाँको विभिन्न धार्मिक, पर्यटकीय र औद्योगिक क्षेत्रको भ्रमण गरेका छन् । यसैक्रममा सञ्चारकर्मीहरुले क्वाङ्गचौ शहरस्थित नानहै मन्दिरकोे भ्रमण गरेका छन् । 
    चीनको क्वाङ्गचौ शहरमा रहेको बुलुऔ नामले समेत परिचित प्रसिद्ध ऐतिहासिक नानहै मन्दिर धार्मिक रुपमा समेत उत्तिकै महत्व राख्ने गर्दछ । झण्डै १४ सय बर्ष पुरानो यो मन्दिर चीनका प्रसिद्ध राजा सुइ बंशको पालामा बनेको हो । 
    चीनको ४ वटा ठूला समुन्द्री देवताहरु मध्येको एक मानिने यो मन्दिर तत्कालिन सुइ बंशले समुन्द्रका देवतालाई समर्पण गरेको ठाउँमा अवस्थित रहेको किम्बदन्ती विद्यमान रहेको छ ।
    ऐतिहासिक र धार्मिक रुपले समेत महत्व राख्ने यो मन्दिर चीनको क्वाङ्गचौ शहरको तत्कालीन समुन्द्री किनारामा झण्डै ३० हजार स्क्वायर मिटरमा फैलिएको छ । जीवनमा कुनैपनि कठिनाइ आउँदा यो मन्दिरमा पुगेर आस्थापूर्वक प्रार्थना गरेमा मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वासले भक्तजनहरुको भीड लाग्ने गरेको छ । खासगरी यो मन्दिरमा चीनको दोश्रो महिनाको ११ देखि १३ गतेसम्म विशेष मेला लाग्ने गरेको छ । 
    भ्रमणकै क्रममा चीनको प्रसिद्ध मोटर उत्पादक कम्पनी ट्रम्चीको पनि सञ्चारकर्मीहरुले अवलोकन गरेका छन् । क्वाङ्गचौ अटोमोबाइल ग्रुप मोटर कम्पनीका नामले परिचित उक्त कम्पनीले दैनिक ११ सय वटा कार मोटर उत्पादन गरिरहेको कम्पनीले जानकारी दिएको छ । सन् २००६ बाट आफ्नो उत्पादन सुरु गरेको कम्पनीले आफ्नै ब्राण्डमा कार मोटरगाडी उत्पादन गरिहेको छ भने वान बेल्ट वान रोड अन्तरर्गतका मुुलुक मार्फत विश्व बजारमा आफ्नो गाडी विक्री वितरण गरिरहेको छ । गत बर्ष ३ लाख ८० हजार थान गाडी विक्री गरेको कम्पनीले यस बर्षको पहिलो ६ महिनामा २ लाख ५० हजार गाडी विक्री वितरण गरेको कम्पनीले जनाएकोे छ । 
     
     
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope