Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • भानु सूर्योदयद्वारा वरिष्ठ साहित्यकार गीता केशरी सम्मानित

    June 28, 2017
    काठमाडौं ।  डिल्लीबजारस्थित सूर्योदय एजुकेशन फाउन्डेसन अन्तर्गत एस. ए. बी. पब्लिक स्कुलले भूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको आतिथ्यमा दुई दशक बाट नेपाली साहित्य जगतमा विशेष योगदान पुर्‍याउने साहितियक ब्यक्तित्वको मूल्याङ्कन गर्दे गीता केशरीलाइ भानु सुर्योदय स्रष्टा सम्मान द्वारा सम्मानित गरिएको छ । भर्खरै प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई)२०७३ को नतिजामा सफल विद्यार्थी अभिभावक एवम् शिक्षकहरुलाई सम्मान तथा विदाई समारोह पनि उक्त कार्यक्रममा सम्पन्न भएको छ । 
    कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य तथा विभिन्न ब्यक्तित्वको सहभागीतामा साँस्कृतिक झलकहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी लाई अभिनन्दन गरिएको थियो । सफल विद्यार्थीहरुलाई विद्यालय संस्थापकका अध्यक्ष लक्ष्यबहादुर के.सी तथा प्रमुख अतिथि प्रकाशमान सिंहले टीका, माला, खादा तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सर्वोउत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सौरभ चौधरी लाई नगद प्रदान गरेको छ भने अभिभावकहरुलाई बधाइका साथै सम्मान गरिएको थियो । साथै विषयगत उत्कृष्ट हासिल गर्ने विभिन्न विषयका शिक्षक शिक्षिकाहरुलाई पनि मेडल प्रमाणपत्र माला र खादाका साथ सम्मान गरियो । 
    सूर्योदय भानु स्रष्टामा सम्मानित हुनु भएकी गीता केशरीले विद्यालयलाई धन्यवाद दिदैं  नेपाली भाषा र साहित्यको पनि महत्व हुन्छ यस क्षेत्रले पनि ब्यतिmत्व विकासमा सहयोग पुर्‍याउँछ भन्ने मन्तब्य राख्नु भएको प्रयासको प्रशंसा गर्दै विद्यार्थीहरुलाई राष्ट्र् र राष्ट्रियताको भावना बुझी देश बिकासमा जुट्न आव्हान समेत गर्नु भयो । त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर शाक्यले विद्यार्थी वर्गलाई राजनीतिमा लागेर देश बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रकाश मान सिंहले विद्यार्थी वर्गलाई देश समाजको निर्माण गर्न अझ ज्ञान आर्जन गरि अगाडि बढ्न प्रेरणा प्रदान गर्नु भयो ।
    फाउण्डेशनका अध्यक्ष तथा विद्यालयका प्रध्यानध्यापक लक्ष्य बहादुर के. सी र विद्यालयका निर्देशक प्रेम वली ज्यूहरुले विद्यार्थीहरुलाई बधाई दिदैँं  विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै यस कार्यक्रमले विद्यार्थी अभिभावकहरुलाई थप प्रेरणा मिल्ने र यस विद्यालयले भोलिका दिनमा गुणस्तरमा जोड दिँदै नमुना विद्यालय बनाउने भूमिका निर्वाह गर्ने कुरामा जोड दिनुभयो । 
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope