सञ्चार माध्यमको सहयोगबाट नयाँ युग सिर्जना - पोआउ

सञ्चार माध्यमको सहयोगबाट नयाँ युग सिर्जना - पोआउ

१०८ पटक पढिएको

एशिया मिडिया शिखर सम्मेलन आज ९ तारिख हाई नान प्रान्तको सान या शहरमा आयोजना भएको छ। यस शिखर सम्मेलन चाइना मिडिया ग्रुप, पोआउ एशिया मञ्च सचिवालय, र चीनको सार्वजनिक कुटनीति संघद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो। ४० भन्दा बढी मुलुकका मुख्य सञ्चार माध्यमका प्रतिनिधिले यस सम्मेलनमा एशियाली सञ्चार माध्यमको सहयोगबाट नयाँ युग सिर्जना गर्ने सम्बन्धमा छलफल गरेका छन्।