चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा पोआउ अतिथिसँग भेटघाट

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा पोआउ अतिथिसँग भेटघाट

२४५ पटक पढिएको

हिजो अप्रिल आठ तारिख पोआउ एशिया मञ्च २०१८ वार्षिक सम्मेलन हाइनानमा शुरु भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङको ‘पोआउ समय’ पनि औपचारिक रुपमा शुरु भएको छ। सो सम्मेलनमा भाग लिन आउनु भएका विदेशी पाहुनाहरुलाई राष्ट्राध्यक्ष सीले भेटघाट गर्नु भएको छ। हिजो दिउँसो राष्ट्राध्यक्ष सीले पैचिङ जन वृहत सभा भवनमा संयुक्त राष्ट्र संघका महासचिव आन्टानियो गुटेरेससँग भेटवार्ता गर्नुभयो। हिजै राष्ट्राध्यक्ष सीले चीन भ्रमणमा रहनुभएका अस्ट्रियाका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुभएको छ।

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस राष्ट्राध्यक्ष सीले भेट्नुभएको पहिलो पोआउ अतिथि हुनुहुन्छ। राष्ट्राध्यक्ष सीले महासचिव गुटेरेसलाई चीनमा स्वागत गर्दै संयुक्त राष्ट्र संघको भूमिकामा चीनले समर्थन गर्ने, संयुक्त राष्ट्र संघको अख्तियार र स्थानको संरक्षण गर्ने र यसले पनि चिनियाँ कूटनीतिक एउटा आधारभूत नीति रहेको कुरामा जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले अस्ट्रियाका राष्ट्रपति अलेक्जेंडर भान्डरवेलसँग पनि हिजै भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति अलेक्जेन्डरले प्रधानमन्त्री तथा मन्त्रीहरु गठित उच्च स्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरी चीनको भ्रमण गरेर अस्ट्रिया सरकारले चीन-अस्ट्रिया सम्बन्धमा उच्च ध्यान दिएकोमा राष्ट्राध्यक्ष सीले खुशी प्रकट गर्नुभयो।