गैँडाकोटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

गैँडाकोटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

१९९ पटक पढिएको

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोटमा हिजो राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ । गैँडाकोट–७ को राजमार्गमा रोकिराखेको ना ४ ख ९७०८ नम्बरको  ट्रकमा ना ५० प ४४ ३४ नम्बरको मोटरसाइकल ठोक्किँदा भरतपुर–१५ मंगलपुरका १९ वर्षका सन्दिप घिमिरे र  २० वर्षका सुनिल शर्माको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।