नेपाल अफगानिस्तानसँग पराजित

नेपाल अफगानिस्तानसँग पराजित

१२६ पटक पढिएको

मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत हिजो भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ ।  मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १ सय ४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २० दशमलभ ३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।  अफगानिस्तानलाई जितका लागि १० रन मात्र आवश्यक भएको बेला वर्षाका कारण खेल करिब दुई घन्टा स्थगित हुनपुगेको थियो । नेपालले सबै विकेट गुमाउँदै २८ ओभरमा १ सय ३ रन मात्र बनायो ।