'लुट २' अब युट्युवमा

'लुट २' अब युट्युवमा

३३० पटक पढिएको

केही दिन अघि पाइरेसी भएको चलचित्र 'लुट २' अन्तत युट्युवमार्फत सार्वजनिक गरिएको छ । गत वर्ष रिलिज भएको लुट २ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन्  । चलचित्र केही दिन अघि फेसबुक मार्फत लिक भएको थियो ।

चलचित्र हाइलाइटस् नेपालको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । सार्वजनिक भएको छोटो समयमा नै लुट २ लाई करिब ४० हजार बढीले हेरिसकेका छन् । माधव वाग्लेको निर्माण रहेको चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, बिपिन कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।