सी र दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत बीच भेटघाट

सी र दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत बीच भेटघाट

१२४ पटक पढिएको

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च १२ तारिख जन बृहत सभाभवनमा दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत एवं राष्ट्रिय सुरक्षा विभागका प्रमुख छुन एउइ योङसँग भेटघाट गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले कोरियाली प्रायद्वीको छिमेकी चीनले प्रायद्वीका दुवै पक्ष बीचको सम्बन्ध सुधार्न समर्थन दिँदै आएको र हाल प्रायद्वीको परिस्थिति लचिलो बनेकाले वार्ता गर्ने मौका देखा परेको औँल्याउनुभएको छ। यसको लागि दक्षिण कोरियाले गरेको प्रयासको सकारात्मक मूल्याकन चीनले गरेको छ। चीनले दक्षिण कोरिया लगायतका अन्तर्राष्ट्रिय समाजसँगै मिलेर प्रायद्वीपको आणविक समस्याको राजनैतिक समाधानलाई अघि बढाउँदै जाने आशा चीनले लिएको बताउनुभएको छ।

विशेष दूत छुनले प्रायद्वीको परिस्थितिमा सक्रिय परिवर्तन देखा परेको क्रममा चीनले निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेको पुष्टि गर्नुभएको छ। चीनले आफ्नो महत्वपूर्ण भूमिकामा निरन्तरता दिँदै सोही क्षेत्रको शान्ति, स्थिरता तथा विकासलाइ साकार तुल्याउने इच्छा पनि व्यक्त गर्नुभएको छ।