दयाहाङ र बर्षाको जोडी अब ‘भेरै’ मा

दयाहाङ र बर्षाको जोडी अब ‘भेरै’ मा

४९ पटक पढिएको

दयाहाङ राईका फ्यानहरुका लागि खुसीको खबर आएको छ । उनलाई फेरि उनका फ्यानहरुले नयाँ फिल्ममा देख्न पाउने भएका छन् , जसको नाम रहेको छ ‘भेरै’ ।

दयाहाङ राई, सुनिल थापा,वर्षा सिवाकोटी, बुद्धि तामाङ जस्ता कलाकारहरुको अभिनय रहने फिल्मको काठमाडौँमा एक कार्यक्रम आयोजना गरी बिहीबार शुभमुर्हत गरिएको हो ।

फिल्ममा एभरेष्ट सूर्य बोहोराको निर्देशन र लेखन रहेनेछ । उनले फिल्मको सुटिङ मङ्सिर ४ गतेबाट सुरु हुने जानकारीसमेत दिएका छन् । चलचित्रलाई नेपालय सिनेमा इन्टरनेशनलले निर्माण गर्न लागेको हो । यम बराल र वसन्त सापकोटाकोे सङ्गीत फिल्ममा सुन्न सकिनेछ । फिल्म आगामी तिजमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।