३३ नेपाली सहित ६७ यात्रु बोकेको यूनाईटेड बंगलादेश एयरलाईन्स बिमान दुर्घटना

३३ नेपाली सहित ६७ यात्रु बोकेको यूनाईटेड बंगलादेश एयरलाईन्स बिमान दुर्घटना

७६० पटक पढिएको

काठमाडौं ।  यूनाईटेड बंगलादेश एयरलाईन्स (DH8D) को बिमान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरको क्रममा अनियन्त्रित भई नेपाली समय अनुसार दिउँसो २ बजे र १८ मिनेटमा धावनमार्गको पूर्वतर्फ दुर्घटना परेपछि ठूलो आगलागी भएको थियो । विमानमा ३३ जना नेपाली सहित ६७ जना यात्रु र ४ जना चालक दलका सदस्यहरु सवार रहेका थिए । विमानस्थलका उद्धार तथा अग्नि नियन्त्रकहरद्वारा आगो नियन्त्रण भईसकेको छ । हाल बिमानस्थलका उद्धार तथा अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लयागतको सहयोगमा उद्यार कार्य भइरहेको छ ।

नागरिक उड्डयन प्राधिकरणले चालकको गल्तीका कारण बंगलादेशी विमान दुर्घटनामा भएको बताएको छ। घटना लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै विमास्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले प्रारम्भिक अनुसन्धान अनुसार चालकको गल्तीका कारण विमान दुर्घटना भएको बताए।

‘विमानस्थलको प्राविधिक कक्षको सिग्नल अनुसार सबै ठिक भएको पाईटलले जवाफ फर्काएका थिए। फरक तरिकाले विमान अवतरण गर्न खोज्दा विमान दुर्घटनामा भएको देखिन्छ।’ क्षेत्रीले पत्रकार सम्मेलनमा भने। महाप्रबन्धक क्षेत्रीले नियमित रुट भन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा सम्पर्क हुन नसकेका कारण विमान दुर्घटना भएको बताए।