त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाग्रस्त - अवतरणका विमान अन्यत्रै डाइभर्ट

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाग्रस्त - अवतरणका विमान अन्यत्रै डाइभर्ट

८२३ पटक पढिएको

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ। ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो। 

त्रिभुवन विमानस्थल टर्मिनल ड्युटी अफिसरका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान तथा अवतरण रोकिएका हुन्। अफिसरका अनुसार कतार एयरवेज कलकत्ता डाइभर्ट भएको छ भने फ्लाइ दुबइ र ओमान एयर लखनउ डाइभर्ट भएको छ । विमानस्थलमा अवतरणका लागि बाहिरबाट आएका सबै विमानहरुलाई डाइभर्ट गरिएको छ।