संयुक्त राष्ट्र संघको सम्मेलनमा चिनियाँ विद्वानद्वारा तिब्बती भाषाको अवस्थाबारे जानकारी

संयुक्त राष्ट्र संघको सम्मेलनमा चिनियाँ विद्वानद्वारा तिब्बती भाषाको अवस्थाबारे जानकारी

३४९ पटक पढिएको

संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदको ३७औँ सम्मेलन मातहत मानवअधिकारको सामान्य बहस नौ तारिख जेनेभामा आयोजना भएको छ। सो अवसरमा चिनियाँ प्रतिनिधिले सहभागी विभिन्न मुलुक सरकार, सम्बन्धित अन्तर्राष्ट्रिय संगठन र गैर-सरकारी संगठनका प्रतिनिधिलाई तिब्बती भाषाको प्रयोग, संरक्षण र विकास अवस्थाबारे जानकारी दिएका छन्।

चीनको मानवअधिकार अनुसन्धान परिषद एवम् चीन सामाजिक विज्ञान प्रतिष्ठानको आधुनिक इतिहास अध्ययन केन्द्रका अध्ययनकर्ता चालोले सम्बोधन गर्दै चीनको संविधान र जातीय क्षेत्रीय स्वशासित ऐनमा विभिन्न जातिले आ-आफ्नो जातीय भाषा र लिपिको प्रयोग गर्ने अधिकार रहेको कुरा तोकिएको जानकारी दिनुभयो। तिब्बत स्वायत्त प्रदेशको स्थानीय कानूनले तिब्बती भाषा स्थानीय सामान्य भाषा हो र तिब्बती भाषा र राष्ट्रिय सामान्य भाषाको बराबर प्रभावकारिता रहेको पनि उहाँले उल्लेख गर्नुभयो।