फोटो अपलोड गरौ ५१ हजार नगद जितौ

फोटो अपलोड गरौ ५१ हजार नगद जितौ

१६६१ पटक पढिएको

पछिल्लो समय सामाजिकमा सञ्जालमा नायीकाहरुले आफ्ना सहकर्मीहरुलाई बोकेको फोटो भाइरल भएको छ । निता ढुङगाना, दिया मास्के, ऋचा शर्मा, प्रियंका कार्कीजस्ता नायीकाहरुले आफ्नो काँधमा यसरी आफ्ना सहकर्मीहरुलाई बोकेपछि माहोल तातेको हो । र खासमा यसको कारण हो ’झ्यानाकुटी फोटो कन्टेस्ट’ ।
आउदो शुक्रबार देखि प्रदर्शनमा आउने फिल्म ‘झ्यानाकुटी’ ले प्रिती चाउचाउसंगको सहकार्यमा ’झ्यानाकुटी फोटो कन्टेस्ट’ अगाडी ल्याएको थियो । कन्टेस्टमा सहभागी हुनका लागि प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई फिल्मको पोस्टरमा झै बोकको फोटो फेसबुकमा मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्नेछ । फोटो अपलोड गरिने मात्रै होइन, फोटोमा आएको लाइकको आधारमा विजेतासमेत घोषित गर्ने फिल्मका यूनिटले जनाएका छन् ।
अपलोड भएका फोटोहरुमध्ये जुन फोटोमा सबैभन्दा बढी लाइक आउँछ, उक्त फोटोले विजेता भएर ५१ हजार नगद पाउनेछ । फिल्मको पोस्टरमा नायीका बेनिशा हमालले आफ्नो काँधमा नायक सौगात मल्ललाई बोकेको दृश्य सार्वजनिक भएसगैँ चर्चामा आएको फिल्मले सो प्रतियोगिताको घोषणा गरेको हो ।