जनप्रेमी माध्यमिक विद्यालयको ६७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न

जनप्रेमी माध्यमिक विद्यालयको ६७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न

२९० पटक पढिएको

फागुन २१ l तनहुँको शुक्लागण्डकी न.पा.-१२, लामागाँउमा रहेको जनप्रेमी माध्यमिक विद्यालयले ६७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोह मनाएको छ l

वि.व्य.स. का अध्यक्ष क्या. श्री गज बहादुर गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि शु.न.पा.-१२, लाकुरीबोट (हाल बेलायत निवासी) अ.ले. ओम प्रकाश गुरुङ, विशिष्ट अतिथिहरु शु.न.पा.का मेयर श्री किसान गुरुङ, रोटरी क्लब अफ फिस्टेल पोखराका अध्यक्ष श्री लक्ष्मी थापा, वडा अध्यक्ष श्री मनराज गुरुङ र फिरफिरे श्रोत केन्द्रका श्रोत ब्यक्ति श्री धननारायण श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो l

समारोहमा विद्यालयका प्र.अ. श्री ऋषिराम लामिछानेले विद्यालयको आर्थिक, भौतिक, शैक्षिक तथा अतिरिक्त क्रियाकलाप समेत समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो l रोटरी क्लब अफ न्युनेटन यु.के. मार्फत रोटरी क्लब अफ फिस्टेल पोखरा द्वारा निर्मित दुई कोठे शिक्षक आवास भवनको उद्घाटन र विद्यालयलाई केहि फर्निचरका सामानहरू हस्तान्तरण गरिएको थियो l

उक्त कार्यक्रममा स्थानीय खोप बहादुर बि.क. को छोरा दिपक बि.क. (सफ्टवयर इन्जिनियर) को पहलमा ८ सेट कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरिएको थियो भने शु.न.पा.-१२ जस्पुर (हाल बेलायत निवासी) तनहुँ समाज यु.के.का अध्यक्ष श्री मुक्ति (लेख बहादुर) गुरुङले आफ्नो स्वर्गीय बाबा हेम बहादुर गुरुङको स्मृतिमा रू. १,०१,०००|- (एक लाख एक हजार रुपैयाँ) को अक्षय कोष र तनहुँ समाज यु.के.को तर्फबाट रू ५०,०००|- (पचास हजार रुपैयाँ) सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो l विद्यालयद्वारा सहयोग गर्ने महानुभाबहरूलाई सम्मान र छात्र छात्राहरूलाई विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण गरिएको थियो l

विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिद्वारा मनोरंजन प्रदान गरिएको सो कार्यक्रमको संचालन शिक्षक श्री झलक कुमार रोकाया र स्वागत भाषण शिक्षक श्री धुर्व राज पौडेलले गर्नुभएको थियो l