काठमाडौँमा पनि चिनियाँ लालटिन पर्व

काठमाडौँमा पनि चिनियाँ लालटिन पर्व

२०३ पटक पढिएको

नेपालको राजधानी काठमाडौँमा चिनिया लालटिन पर्वका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ। मार्च दुई तारिख शुक्रबार नेपाल चीन शैक्षिक तथा सांस्कृतिक परिषदले सो कार्यक्रमको आयोजना गरेको हो।

तीन सयजति नेपाली चिनियाँहरु उपस्थित रहेको सो कार्यक्रममा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी हुनुहुन्थ्यो।

नेपालका लागि चिनियाँ राजदूत यु होङले कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ नयाँ वर्ष सुरु भएपछिको पहिलो पूर्णिमाका दिनमा चीनमा परिवार एकै ठाउँ भेलाएर भएर चाड मनाएजस्तै जस्तै नेपाली साथीहरुसँग चाड मान्न पाउँदा खुशी लागेको बताउनुभयो। उहाँले लालटिन चाडको सबैलाई शुभकामना पनि दिनुभयो।

कार्यक्रमको आयोजक संस्था नेपाल चीन शैक्षिक तथा सांस्कृतिक परिषदका अध्यक्ष डा हरिश्चन्द्र शाहले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै नेपालीले पनि चीनमा जस्तै सेतो रसवरी खाएर चिनियाँ पर्व मनाउँदै गरेको बताउनुभयो।