अमेरिकाद्वारा "इस्लामिक स्टेट"का सात संगठनलाई आतंककारीको सूचिमा अंकित

अमेरिकाद्वारा "इस्लामिक स्टेट"का सात संगठनलाई आतंककारीको सूचिमा अंकित

३०४ पटक पढिएको

अमेरिकी विदेश मन्त्रालयले हिजो फेब्रअरी सत्ताइस तारिख एउटा वक्तव्य प्रकाशित गर्दै चरमपन्थी संगठन "इस्लामिक स्टेट"का सात वटा संगठन तथा दुई जना नाइकेलाई विश्वको आतंककारी सूचिमा राखेको बताएको छ। तीमध्ये तीन वटा संगठनलाई विदेशी आतंकवादी संगठनको सूचिमा राखिएको छ।

अमेरिकी कानुन अनुसार अमेरिकी नागरिकले यी आतंकवादी संगठन तथा आतंककारी तत्वसँग कुनै पनि कारोबार गर्न निशेधित छ। अमेरिकामा यी आतंकवादी संगठन तथा आतंककारी तत्वको सम्पतिलाई रोक्का गरिनेछ। त्यसका अतिरिक्त,विदेशी आतंकवादी संगठनलाई भौतिक सहायता दिने अथवा दिनखोज्ने कार्यलाई आपराधिक गतिबिधि मानिन्छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, उक्त कारवाही अन्तर्राष्ट्रिय समाजले "इस्लामिक स्टेट"माथि प्रहार गर्ने गतिबिधिहरुमध्येको एक हो। त्यसको उद्देश्य इराक तथा सिरिया बाहिर "इस्लामिक स्टेट"को आतंकवादी गतिबिधिमाथि प्रहार गर्नु हो।