शाहबाच शारिफ पाकिस्तानी सत्तारुढ पार्टीको अध्यक्षमा नियुक्त

शाहबाच शारिफ पाकिस्तानी सत्तारुढ पार्टीको अध्यक्षमा नियुक्त

२६३ पटक पढिएको

पाकिस्तानको सत्तारुढ पार्टी पाकिस्तान मुस्लिम लिग नवाजले हिजो फेब्रअरी सत्ताइस तारिख शाहबाच शारिफलाई पार्टीका अन्तरिम अध्यक्ष नियुक्त गरेको थियो। जसबाट पाकिस्तानको सर्वोच्च अदालतले पाकिस्तान मुस्लिम लिग नवाजका पूर्व अध्यक्ष नवाज शारिफलाई अध्यक्षको हैसियतमा बस्न नमिल्ने फैसला गरेपछि भएको खाली ठाउँ पूरा भएको छ।

पाकिस्तान मुस्लिम लिगले सामाजिक संजाल ट्वीटरबाट प्रकाशित वक्तव्यका अनुसार, पार्टीका उच्च तहले फेब्रअरी सत्ताइस तारिख पाकिस्तानको पूर्वी भागमा रहेको लाहोर शहरमा एउटा बैठकको आयोजना गरेको थियो। सो बैठकमा नवाज शारिफले शाहबाच शारिफलाई पार्टीको अन्तरिम अध्यक्ष मनोनयन गरेको पारित गरेको छ।

पाकिस्तानी सञ्चार माध्यमको विश्लेषण अनुसार, पाकिस्तान मुस्लिम लिग नवाजले चालू वर्षको जुलाई महिनामा हुने आमनिर्वाचनमा विजय प्राप्त गरेमा शाहबाच शारिफ आगामी सरकारका प्रधानमन्त्री बन्नुहुनेछ।