सुरक्षा परिषदले सिरिया युद्ध विराम हुने निर्णय-प्रस्ताव पारित गरेकोमा चिनियाँ प्रतिनिधिद्वारा स्वागत व्यक्त

सुरक्षा परिषदले सिरिया युद्ध विराम हुने निर्णय-प्रस्ताव पारित गरेकोमा चिनियाँ प्रतिनिधिद्वारा स्वागत व्यक्त

१३११ पटक पढिएको

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि मा चाउ स्यूले २४ तारिख सुरक्षा परिषदले मतदान गरी सिरियामा युद्ध विरामका लागि आग्रह गर्ने नम्बर २४०१ निर्णय-प्रस्ताव पारित गरेपछि सम्बोधन गर्दै उक्त नि‍र्णय-प्रस्ताव एकीकृत रुपमा पारित गरिएकोमा स्वागत गर्नुका साथै उक्त निर्णय-प्रस्ताव चौतर्फी रुपमा व्यवहारमा उतारिने आशा व्यक्त गर्नुभएको छ।

उहाँले नम्बर २४०१ निर्णय-प्रस्ताव सुरक्षा परिषदका सदस्य मुलुकहरूले धैर्यताका साथ छलफल गर्दै सहमति खोज्न गरेको प्रयासको नतिजा भएको बताउनुभयो। चीनले सक्रियताका साथ छलफलमा संलग्नता जनाएको बताउँदै उहाँले सुरक्षा परिषदलाई एकीकृत सहमति जुटाउन प्रयास गरेको र रचनात्मक भूमिका निर्वाह गरेको कुरा बताउनुभयो।

उहाँले राजनीतिक माध्यम नै सिरियाली जनताको कठिनाइ निवारण गर्ने मूलतः एक मात्रै उपाय भएकाले सुरक्षा परिषदले सिरिया समस्यामाथि निरन्तर रुपमा एकता कायम राख्ने, सिरियाको विभिन्न पक्षलाई युद्ध विरामको प्रवृत्तिलाई सुदृढ पार्न प्रोत्साहित गर्ने, आतंकवादी संगठनमाथि प्रहार गर्न सहयोग गर्ने, सिरिया समस्याको राजनीतिक समाधान प्रक्रियालाई अगाडि बढाउने, सिरियाको शान्ति तथा स्थिरताको संरक्षण गर्नका लागि रचनात्मक भूमिका निर्वाह गर्ने आशा चीनले लिएको कुरा बताउनुभयो।