संविधानको महत्वपूर्ण भूमिकामाथि अझ बढी महत्व दिनुपर्ने चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

संविधानको महत्वपूर्ण भूमिकामाथि अझ बढी महत्व दिनुपर्ने चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

३६३ पटक पढिएको

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोले २४ तारिख दिउँसो संविधान र कानूनबमोजिम देशको शासनबारे चौथो सामूहिक प्रशिक्षण बैठकको आयोजना गरेको छ। केन्द्रिय समितिका महासचिव सी चिन फिङ्गले शिक्षा बैठकको अध्यक्षता गर्नुभयो।

समाजको विपन्नतामाथि चौतर्फी निर्माणमा विजय हासिल गर्न, समाजवादी आधुनिक मुलुकको चौतर्फी रूपमा निर्माण आरम्भ गर्न, चिनियाँ जातिको पुनरुत्थान सपना साकार तुल्याउन, देशको शासन प्रणाली तथा क्षमतालाई आधुनिकीकरण गर्न, दीर्घकालीन पार्टी शासन क्षमतालाई माथि उकास्नका लागि संविधानको महत्वपूर्ण भूमिकामाथि अझ बढी महत्व दिनुपर्ने कुरा सीले दोहोर्‍याउनुभएको छ।

उहाँका अनुसार, पार्टीको नेतृत्व, जनताका मालिकको स्थान र कानूनबमोजिम देशको शासनलाई एकीकृत पार्नुका साथै संविधानको व्यवहार र निगरानीलाई सबल पार्नुपर्छ। देशका विविध योजना र कार्यलाई कानून र संविधानबमोजिम देशको शासन गर्ने लिगमा राख्नुपर्छ। संविधानको व्यवहारलाई माथि उकासेर नयाँ स्तरमा पुर्‍याउनुपर्छ।