दशौँ दक्षिण एसियाली आर्थिक सम्मेलन जारी

दशौँ दक्षिण एसियाली आर्थिक सम्मेलन जारी

१०५ पटक पढिएको

हिजोदेखि सुरु भएको दशौँ दक्षिण एसियाली आर्थिक सम्मेलन आज पनि जारी रहेको छ । सम्मेलनमा दक्षिण क्षेत्रको विकासका बारेमा छलफल भइरहेकोे  छ । भोलिसम्म चल्ने सम्मेलनले विज्ञहरुबाट समूहगत रुपमा छलफल गरी दक्षिण एसिया क्षेत्रको विकासका लागि ठोस योजना अघि सारिने बताईएको छ  । कार्यक्रममा बंगलादेशको ढाकामा सम्पन्न नवौँ सम्मेलन सम्बन्धी स्मारिका समेत विमोचन गरिएको थियो । राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय र स्वापीको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनमा दक्षिण एसियाली देशका २ सय प्रतिनिधिको सहभातिा रहेको छ ।