तनहुँ समाज यु.के ले विभिन्न स्कुलहरुलाई कम्प्युटर, व्हाईट बोर्ड, कम्प्युटर टेबुल र नगद प्रदान ।

तनहुँ समाज यु.के ले विभिन्न स्कुलहरुलाई कम्प्युटर, व्हाईट बोर्ड, कम्प्युटर टेबुल र नगद प्रदान ।

४९२ पटक पढिएको


फागुन १०, तनहुँ
पदम थापा मगर


तनहुँ समाज यु.के ले विपन्न परिवारहरुले अध्ययन गर्ने तनहुँको ग्रामीण भेगमा रहेका केही सरकारी विद्यालयहरुलाई कम्प्युटर, व्हाईट बोर्ड, कम्प्युटर टेबुल र नगद प्रदान गरेको छ ।

भिमाद नगरपालिका वडा नं. १ बडरभन्ज्याङ्गमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा बुधबार एक कार्यक्रम आयोजना गरि तनहुँ समाज यु.के का अध्यक्ष लेख गुरुङले स्कुल व्यवस्थापन समितीका अध्यक्ष नन्दकिशोर राना मगर र प्रधानाध्यापक टिकानिधी लम्साललाई स्कुलमा कम्प्युटर शिक्षा पठनपाठन गर्न अझ सजिलो होस् भनि ३ सेट कम्प्युटर हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बोल्दै तनहुँ समाज यु.के का अध्यक्ष लेख गुरुङले २१ औं शताब्दीमा कम्प्युटर शिक्षा एकदमै महत्त्वपूर्ण रहेको र आजभोलि हरेक कामहरू कम्प्युटर बाट हुनेभएको हुँदा कम्प्युटर शिक्षा सबैले लिनुपर्नेमा जोड दिनुभयो । यो सहयोग कुनै सरकारी बजेटले गरेको नभई बेलायतमा बसोबास गर्ने तनहुँ बासी दाजुभाई तथा दिदिबहिनीहरुले संकलन गरेको रकमबाट प्रदान गरेको बताउनुभयो ।

परदेशमा रहेर पनि आफ्नो गाउँठाउँको माया गरि भविष्यको कर्णधार बालबालिकाहरुले अध्ययन गर्ने सिद्धार्थ माद्यामिक विद्यालयलाई कम्प्युटर प्रदान गरेकोमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर राना मगर र प्रधानाध्यापक टिकानिधी लम्सालले संस्थाका अध्यक्ष लेख गुरुङ र तनहुँ समाज यु.के परिवार प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा तनहुँ समाज यु.के का सल्लाहकार रन्जन मल्ल र कलाकार तथा पत्रकार पदम थापा मगरको पनि उपस्थिति रहेको थियो । शिक्षक मान बहादुर थापाले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक राजेन्द्र कुमार वाग्लेले गरेका थिए ।

तेस्तै भिमाद नगरपालिका वडा नं. २, रघु गाउँमा रहेको रघु माद्यामिक विद्यालयलाई भौतिक संरचना व्यवस्थापनको लागि रु. ६०,०००|- (साठी हजार रुपैयाँ) स्कुल व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर थापा मगर र प्रधानाध्यापक राजेन्द्र सिग्देललाई प्रदान गरेको छ भनि शुक्लागण्डकी नगरपालिका वडा नं. १ थप्रेकमा रहेको सरस्वती माद्यामिक विद्यालयलाई १० थान व्हाईट बोर्ड र ८ थान कम्प्युटर टेबुल स्कुल व्यवस्थापन समितीका अध्यक्ष गणेश गुरुङ र प्रधानाध्यापक मनिराज गुरुङलाई प्रदान गरेको छ ।