निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत

निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत

१११ पटक पढिएको

निर्वाचन नजिकिँदै जाँदा पेट्रोलियम पदार्थको खपत बढेको छ । आगामी १० र २१ मंसिरमा हुने  प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि  सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो । आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करिब १२ सय किलोलिटर पुगेको छ । डिजेलको दैनिक खपत करिब ३५ सय किलोलिटर रहेको बताईएको  छ । निर्वाचनको माहोल उत्कर्षमा पुग्दै गर्दा इन्धन खपत पनि बढेको निगमका अधिकारीहरुले बताएका छन् । यसैबीच, आपूर्ति मन्त्रालयले निर्वाचनको समयमा इन्धनको आपूर्ति सहज बनाउन निगमलाई निर्देशन दिएको छ । सोहीअनुरुप निगमले आपूर्ति बढाएको छ भने भण्डारण क्षमतालाई पनि चुस्त बनाउने बताएको छ ।