जाँदाजाँदै प्रधानमन्त्री देउवाको सम्बोधन, चुनाव सम्पन्न गराउनु सरकारको उपलब्धी

जाँदाजाँदै प्रधानमन्त्री देउवाको सम्बोधन, चुनाव सम्पन्न गराउनु सरकारको उपलब्धी

५९० पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुभएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो । राजीनामा दिएलगत्तै प्रधानमन्त्री देउवाले देशको नाममा सम्बोधन गर्दै  तीन तहको चुनाव सम्पन्न गर्नु नै सरकारको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । उहाँले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिनुभएको छ । जाँदाजाँदै प्रधानमन्त्री देउवाले आफू सरकारमा नभए पनि जनताको सुख दुःखमा र पार्टीमा क्रियाशील रहिरहने बताउनु भएको छ ।