एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त आजै सपथ ग्रहण

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त आजै सपथ ग्रहण

५७८ पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजनीनामा दिएको केही बेरपछि नै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा बुहमत प्राप्त दल एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । आज अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।