शहर र गाउँको विकास एउटै गतिमा हुनुपर्ने राष्ट्राध्यक्ष सीको भनाइ

शहर र गाउँको विकास एउटै गतिमा हुनुपर्ने राष्ट्राध्यक्ष सीको भनाइ

१७१ पटक पढिएको

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष,चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सैनिक आयोगका अध्यक्ष सी चिन फिङले हिजो फेब्रुअरी बाह्र तारिख स छ्वान प्रान्तको निरीक्षण गर्नुभएको छ। हिजो विहान राष्ट्राध्यक्ष सीले सन् २००८ को मे बाह्र मा वन छ्वान विनाशकारी भूकम्प गएको केन्द्रीय क्षेत्र यिङ्ग स्यो जिल्लामा पुगेर भूकम्प गएपछि दश वर्षसम्म त्यहाँको पुनःनिर्माण परिस्थितिको निरीक्षण गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले श्वान खौ माध्यमिक स्कूलको भूकम्प स्थलमा वन छ्वान भूकम्पबाट मरेका र भूकम्पको उद्धार कार्यमा मरेका वीरहरुलाई फूलको बास्केट चढाउनुका साथै ती मृतकलाई तीन पटक झुकेर सम्मान प्रकट गर्नुभएको छ। उहाँका अनुसार भूकम्प स्थललाई देशभक्त शिक्षाको आधारको रुपमा बनाउँदै राम्रोसँग संरक्षण गर्नुपर्छ। 

 

यिङ्ग स्यो जिल्लापछि राष्ट्राध्यक्ष सीले छङ्ग तु शहरको भि तु क्षेत्रको खाङ्ग छाङ्ग सडकको चान छी गाउँको निरीक्षण गर्नुभएको छ। यो चान छि गाउ"राष्ट्रिय सभ्यता गाउँ"मात्र नभइ स्थानीय"नयाँ गाउँको निर्माण नमूना"र"सामूहिक दश शक्तिशाली आर्थिक गाउँ"मध्येएको एक पनि हो। सन् २०१७ मा यस गाउँको सामूहिक आर्थिक आय ४६ लाख २० हजार चिनियाँ युआन पुगेको छ। स्थानीय बासिन्दाको औसत आय २६ हजारभन्दा बढी छ भने यो अंक राष्ट्रिय औसत स्तरभन्दा धेरै बढी भएको देखिन्छ। राष्ट्राध्यक्ष सीले सम्पन्न समाजलाई चौतर्फी व्यवहारमा उतारेपछि निरन्तर रुपमा गाउँको पुनःरुत्थानका लागि प्रयास गर्नु पर्ने बताउनुभयो। शहरको विकास गर्दै गाउँको विकासलाई पनि जोड दिनुपर्ने बताउँदै गाउँको विकासमा व्यवसायको विकास मात्र नभइ सामग्री सभ्यता,आध्यात्मिक सभ्यता र साँस्कृतिक जीवनको विकास पनि हुनुपर्ने उहाँले बताउनुभयो।