दुर्घटनाग्रस्त विमानको भग्नावशेषको खोजी जारी

दुर्घटनाग्रस्त विमानको भग्नावशेषको खोजी जारी

२२ पटक पढिएको

रूसमा हिजो भएको रूसी विमान दुर्घट्नामा सवार चालकदलका ६ सदस्य र यात्रु गरी ७१ जनाको मृत्यु भएको छ । रूसका आपत्कालीन उद्धारकर्ताहरूले उडान शुरू भएको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको एउटा रूसी विमानको भग्ना वशेषहरूको मस्कोको बाहिरी भेगमा अवस्थित हिमपात प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । दुर्गम क्षेत्रमा विमान दुर्घटना भएकाले उद्धारकर्ताहरू पैदलमार्गबाट घटनास्थल पुगेका हुन् ।

दक्षिण रूसको ओस्करतर्फ उड्ने क्रममा उनले आपत्कालीन अपिल भने जारी गरेको थिए । कतिपय प्रत्यक्षदर्शीले विमान आकाशमा नै टुक्रिएको जनाएको बिबिसीले जनाएको छ । खोजकर्ताहरूले दुर्घटनाग्रस्त विमानको ककपिट भोइस रेकर्डर फेला पारेका छन् । अनुसन्धानकर्ताहरूले मानवीय त्रुटि वा खराब मौसम उक्त दुर्घटनाको कारक हुनसक्ने जनाएको बिबिसिले उल्लेख गरेको छ ।