शरणार्थी महिला र बालबालिकाप्रति राष्ट्रसंघको चासो

शरणार्थी महिला र बालबालिकाप्रति राष्ट्रसंघको चासो

११६ पटक पढिएको

संयुक्त राष्ट्रसंघले शरणमाग्दै विभिन्न स्थानमा पुगेका शरणार्थी महिला र बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । शरण मागेर शिविरमा बस्ने गरेका महिला र बालिकामाथि यौनहिंसा तथा यौनजन्य दुव्र्यवहार बढ्ने गरेको पाइएको राष्ट्रसंघीय शरणार्थी नियोग, यु एन एच सि आरले जनाएको छ । हालै गरिएको एक सर्वेक्षणमा उनीहरुमाथि दुव्र्यवहार हुने गरेको पाइएको छ । उक्त नियोगकै संलग्नतामा हालैमात्र ग्रिसमा रहेको शरणार्थी शिविरमा गरिएको एक अनुसन्धानबाट यस्तो अवस्था देखिएको पाइएको थियो । उक्त नियोगले यो अवस्थाको निराकरणका लागि सरकारलाई नै आग्रह गरेको छ । नियोगका अनुसार ग्रिसको ग्रिस एजिङ टापूमा रहेका शरणार्थी शिविरहरुमा यस्तो अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा सहभागी भएका ६ सय २२ जना आप्रवासी शरणार्थीमध्ये २८ प्रतिशतले आफूहरुमाथि यौनजन्य हिंसा र लैंगिक हिंसा गरिएको बताएका थिए ।