नेपाली एसिसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा:   शुक्रवार अफगानस्तानसँग  खेल्ने

नेपाली एसिसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा:  शुक्रवार अफगानस्तानसँग खेल्ने

६२ पटक पढिएको

कात्तिक २८ काठमाण्डौ ।   एसिसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई पराजित गरेपछि नेपाल सेमिफाइनमा प्रवेश गरेको छ। आजै नेपालले मलेसियाविरुद्ध ८ विकेटले सानदार जित हात पारेपछि सेमिफाईनल यात्रा सम्भब भएको हो । बंगलादेशले भारतलाई पनि ८ विकेटले नै पराजित गर्यो । भारतले ३२ ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । १८९ रनको लक्ष सहित जवाफी ब्याटिङमा उत्रेको बंगलादेशले लक्ष्य दुई विकेट गुमाउँदै २८ ओभरमा पूरा गर्यो। बंगलदेशका लागि पिनाक घोसले ७७ बलमा ८१ रन, मोहम्मद ताउहिद हिदयोले ३२ बलमा ४८ रन साथै नइम शेखले ४४ बलमा ३८, मोहम्मद सइफ हसनले १६ बलमा १६ रन बनाए । 


यसअघि मलेसियासँगको जितमा नेपाली  बलर सन्दिप लामिछानेको प्रदर्शन उत्कृष्ट रहयो । उनले ४ ओभर ३ बलमा ८ रन खर्चेर ५ विकेट लिए पछि मलेसिया सस्तैमा समेटीएको थियो । वर्षाले प्रभावित भएर २४ ओभरमा झारिएको खेलमा मलेसिया १५ ओभर ३ बलमा  अलआउट भयो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको थियो । खेलमा दिपेन्द्र सिंह ऐरी र शाहब आलमले पनि समान दुई दुई विकेट लिए ।
बंगलादेशका सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् । ४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा लक्ष्य पूरा गरेको हो । नेपालका आसिफ शेखले १४ बलमा ४ रन, दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए । यस्तै अनिल साहले १५ बलमा नटआउट रहँदै २६ रन बनाएका थिए । 

 

नेपालले सेमिफाईनलमा अब अर्को समुहको बिजेता अफगानस्तान साग आउँदो सुक्रवार खेल्ने छ । बंगलादेशले भने पाकिस्तानको सामना गर्नेछ । पाकिस्तान आजै भएको खेलमा श्रीलंका र अफगानस्थान यूएयीलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।