एमाले माओवादी वार्ता निर्णयक मोडमा : माले र मार्क्सवादी एकीकरण जस्तै प्रयास

एमाले माओवादी वार्ता निर्णयक मोडमा : माले र मार्क्सवादी एकीकरण जस्तै प्रयास

५६५ पटक पढिएको

काठमाडौं । एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई–तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने बताउनुभएको छ ।

एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गर्नुभएको छ् । ०४७ सालको को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने बामदेवको प्रस्ताव रहेको छ ।

माले–माक्र्सवादी एकीकरणपछि बनेको एमालेमा माक्र्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष रहनुभएको थियो भने मालेबाट मदन भण्डारी महासचिव बन्नु भएको थियो ।

यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एक जनालाई राष्टपति पनि बनाउन सकिने उहाँको भनाई रहेको छ । एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने नेताहरुले बताएका छन् ।