राजिनामाको तयारीमा प्रधानमन्त्री, देशवासीका नाममा सम्बोधन गर्ने

राजिनामाको तयारीमा प्रधानमन्त्री, देशवासीका नाममा सम्बोधन गर्ने

९२१ पटक पढिएको

प्रधानमन्त्री शेरवहादुर देउवाले फागुनको पहिलो साता देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गर्नु भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गरे लगत्तै राजीनामा दिने प्रधानमन्त्री देउवाको तयारी रहेको छ । निर्वाचन आयोगले माघ २९ गते भित्र समानुपातिकको अन्तिम नामावली बुझाउन दलहरुलाई पत्राचार गरेकाले फागुन तीन गते देशवासीका नाममा सम्वोधन गरी प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गर्नु भएको छ ।

राजीनामा अघिको सम्वोधनको मस्यौदा तयार गर्न प्रधानमन्त्रीले निकट मन्त्रीहरुलाई जिम्मेवारी दिनुभएको छ । प्रधानमन्त्री देउवाले राजीनामा सम्वोधनमा सरकारका तर्फबाट भएका निर्णयहरुको बचाउ गर्नु हुने बताईएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाएसंगै नयाँ सरकार गठन प्रकृया शुरु हुनेछ ।