धुर्मुस सुन्तलीले रौतहटमा बनाए ४७ घर, आज हस्तान्तरण गरिँदै

धुर्मुस सुन्तलीले रौतहटमा बनाए ४७ घर, आज हस्तान्तरण गरिँदै

९३० पटक पढिएको

रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदैछ । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित उक्त बस्ती आज समुदायलाई हस्तान्तरण गर्न लागिएको हो । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८, सन्तपुरमा निर्माण गरिएको बस्ति असोज ४ गते शिलान्यास गरिएकोे थियो । यो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत बनेका छन् । गएको साउनमा आएको बाढीले गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेलले बताउनुभयो ।