द्वन्द्वकालीन दुई आयोगको म्याद एक वर्षका लागि थप

द्वन्द्वकालीन दुई आयोगको म्याद एक वर्षका लागि थप

११० पटक पढिएको

सरकारले द्वन्द्वकालीन घटनाको सत्य निरुपण र बेपत्ता व्यक्तिको छानबिन गर्न गठन गरिएको दुई आयोगको समयवधि थप गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि एक वर्ष थप गरेको हो ।

म्याद थप भएपछि दुवै आयोगका पदाधिकारीले खुशी व्यक्त गर्दै क्रियाशील भएर थप काम गर्ने प्रतिबद्धता जनाएका छन् । छानबिन आयोगका प्रवक्ता डा. विष्णु पाठकले सरकारले आवश्यक स्रोत साधन र ऐन संशोधन गरेमा काम गर्न सहज हुने बताउनुभयो ।