टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा

टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा

१४० पटक पढिएको

सोलुखुम्बुको नेचा–सल्यान गाउँपालिकामा ल्यान्डलाइन टेलिफोनले काम नगर्दा सेवाग्राही समस्यामा परेका छन् । ८ महिना अघिबाट सञ्चालनमा आएको नेपाल टेलिकमको सेवा बारम्बर अवरुद्ध हुँदा सेवाग्राही अप्ठेरोमा परेका हुन् । अधिकांश समयमा टेलिफोन नेटवर्क तथा इन्टरनेट सेवा ठप्प हुने गरेकोे स्थानीयले गुनासो गरेका छन् ।  

नेपाल टेलिकम शाखा सल्लेरीका प्रमुख श्याम कठायतले टेलिकमको समस्याले सेवाग्राहीलाई समस्या भएको बताउँदै फागुनको पहिलो हप्तादेखि जेनेरेटरको प्रयोग गरी सेवालाई निरन्तरता दिने बताउनुभयो । उहाँले सोलरको माध्यमबाट सञ्चालन भएको ल्यान्डलाइन टेलिफोन घाम नलाग्दा सेवामा समस्या आउने गरेको बताउनुभएको छ  ।