सुष्मा स्वराजको राजनीतिक भेटवार्ता जारी 

सुष्मा स्वराजको राजनीतिक भेटवार्ता जारी 

२८० पटक पढिएको

नेपालको दुईदिने भ्रमणमा आउनु भएको  भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिदै हुुनुहुन्छ । उहाँले आज बिहान माओबादी केन्द्रका अध्यक्ष  सँग भेटवार्ता गर्नुभएको छ । भेटमा  चुनावपछिको परिस्थिति, सरकार गठनको तयारीबारे कुराकानी भएको बताईएको  छ  ।

आज स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नु हुनेछ । स्वराज  शितल निवासबाट अहिले केही अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानु भएको छ ।स्वराजले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको थियो । स्रोतका अनुसार, मधेस केन्द्रित दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । सुष्मा स्वराज ३ बजे भारत फर्किने कार्यक्रम तय भएको छ । उता  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति असन्तुष्टि जनाउनुभएको छ ।