
ग्राण्डी अस्पतालको निःशुल्क स्वास्थ्य परिक्षण शिविर
१८ माघ २०७४ बिहिबार ।चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको छ ।
शिविर मा उच्च रक्तचाप र मधुमेह लगायतका परिक्षण निःशुल्क गरिएको छ भने साथमा आकस्मिक उपचार सेवा समेत उपलब्ध रहेको छ ।
महासंघमा आवद्ध रहेका तीनसय सदस्य संघ / समिति र प्रालिबाट २३ सय जना भन्दा बढी प्रतिनिधि सहभागी रहेको महाधिवेशनमा हिजो मात्र एक हजार जना भन्दाबढीले स्वास्थ्य परिक्षण गराएका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले स्थापना कालदेखी नै समय समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै आइरहेको छ ।
एकैछानामुनी ३५ वटा बिभिन्न बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अलग अलग बिधाका बिशेषज्ञहरुको सहज उपलब्धताले जटिल भन्दा जटिल प्रकृतिका बिरामीहरुको उपचार समेत संभव हुने गरेको छ ।

ग्राण्डी अस्पतालको निःशुल्क स्वास्थ्य परिक्षण शिविर
२८२ पटक पढिएको
बिश्व कुष्ठरोग दिवश नेपालमा पनि मनाइदै
३१३ पटक पढिएको
नेपालको हावाको गुणस्तर विश्वमै खराब
५१० पटक पढिएको