अर्थ मन्त्रालयले सातै प्रदेशमा ५० करोड रुपैयाँ पठाउँदै 

अर्थ मन्त्रालयले सातै प्रदेशमा ५० करोड रुपैयाँ पठाउँदै 

४९५ पटक पढिएको

अर्थ मन्त्रालयले चालु खर्चका लागि सातै प्रदेशमा आज करिब ५० करोड रुपैयाँ पठाउने भएको छ । प्रदेश सभाको पहिलो बैठक बोलाउने तयारी भइरहदा अर्थ मन्त्रालयले सबै प्रदेशमा गरी आज सो रकम पठाउन लागेको हो । सो रकम प्रदेशका मुख्य सचिव, प्रदेश सभा सचिव, लगायतलाई खर्च गर्ने अख्तियारी दिइएको अर्थसचिव शंकरप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसअघि अर्थ मन्त्रालयले प्रदेशमा तत्काल पूर्वाधार निर्माण, भौतिक संरचना मर्मत लगायतका लागि १५ करोड रुपैयाँ सहरी विकास मन्त्रालयमार्फत दिइसकेको छ । प्रदेशका आवश्यकता अनुसार क्रमैसँग बजेट निकासा भइरहेको मन्त्रालयले जनाएको छ ।