आज खग्रास चन्द्रग्रहण-  वृष, तुला र कुम्भ राशि भएकाहरुले हेर्न हुने

आज खग्रास चन्द्रग्रहण- वृष, तुला र कुम्भ राशि भएकाहरुले हेर्न हुने

८३४ पटक पढिएको

माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई आज बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ । 

धर्म शास्त्रीय मान्यता अनुसार आजको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्न पाईन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण नहेर्नको लागी अनुरोध गरिएको छ । यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगो रियन पात्रो अनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रो–नोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८ ६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।