सरकार छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री

सरकार छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री

३४६ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको बताउनु भएको छ । आज नेपाल टेलिभिजनको ३३ औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन गराउने आफ्नो दायित्व भएको भन्दै निर्वाचन गराउन बनेको सरकारले संविधानतः निर्वाचन गराउँदा रोइ कराइ गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गर्नु भयो । उहाँले नेपाल टेलिभिजनलाई अझै विश्वसनीय र जनमैत्री काम गर्न निर्देशन पनि दिनु भयो । कार्यक्रममा सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सातै प्रदेशमा नेपाल टेलिभिजनलाई विस्तार गर्न आवश्यक रहेको बताउनु भयो ।