पाकिस्तान ६९ मै अलआउट, भारत यू–१९ विश्वकपको फाइनलमा

पाकिस्तान ६९ मै अलआउट, भारत यू–१९ विश्वकपको फाइनलमा

६५२ पटक पढिएको

पाकिस्तानमाथि २०३ रनको शानदार जित हात पार्दै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि अष्ट्रेलियासँग खेल्नेछ ।क्राइस्टचर्चमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २७२ रन बनायो । जवाफमा मैदान उत्रिएको पाकिस्तान मात्र ६९ रनमा अलआउट भयो । १० रन जोड्दा पहिलो विकेट गुमाएको पाकिस्तानले ठूलो साझेदारी गर्नै सकेन । उसका लागि रोहल नजिरले १८ रन बनाए भने साद खानले १५ र मोहम्मद मुसाले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा इशान पोरलले १७ रन दिएर ४ विकेट लिए भने शिव सिंह र रियान परागले समान २–२ विकेट हात पारे ।यसअघि भारतको भने सुरुवात राम्रो रह्यो ।