नेपालको अभ्यास खेल आज 

नेपालको अभ्यास खेल आज 

५३६ पटक पढिएको

माघ २५ गतेदेखि सुरु हुने वल्र्ड क्रिकेट लिग डिभिजन २ को तयारीमा युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईको लिस्ट ए टोलीसँग आज पहिलो अभ्यास खेल जारी रहेको छ । खेल दुवईस्थित आईसीसी एकेडेमी ओभल वान क्रिकेट मैदानमा भैरहेको छ । साताव्यापी वैदेशिक अभ्यासका लागि युएई पुगेको टोलीले त्यहाँको लिष्ट ए टोलीसहित अन्य स्थानीय क्लबसँग गरी तीन वटा अभ्यास म्याच खेल्नेछ । पारस खड्काको कमानीमा रहेको नेपाली टोली यूएई भ्रमणपछि माघ २१ गते आयोजना स्थल नामिबिया जानेछ । प्रतियोगितामा माघ २५ गते घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै नेपालले डिभिजन २ को सुरुवात गर्नेछ ।