सी चिन फिङः शासन संचालनसम्बन्धी पुस्तक पहिलो भागको दोस्रो संस्करण प्रकाशित

सी चिन फिङः शासन संचालनसम्बन्धी पुस्तक पहिलो भागको दोस्रो संस्करण प्रकाशित

४८२ पटक पढिएको

सन् २०१४ को सेप्टेम्बरमा सी चिनफिङ शासन संचालनसम्बन्धी पुस्तक अर्थात् "सी चिन फिङः द गभर्नेन्स अफ चाइना" प्रकाशित भएको थियो । हाल चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत प्रचार-प्रसार विभागले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पार्टी साहित्य अनुसन्धान कार्यालय र चीनको अन्तर्राष्ट्रिय प्रकाशन ग्रुपसँग मिलेर त्यसको संशोधन गरी कितावको नामलाई "सी चिन फिङः द गभर्नेन्स अफ चाइनाको पहिलो भाग" मा राखेको छ। साथै विदेशी भाषा प्रेसबाट विदेशतिर पुनःसंस्करण प्रकाशित गरिएको छ ।

"सी चिन फिङः द गभर्नेन्स् अफ चाइनाको पहिलो भाग"मा चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि सन् २०१४ को जुन तेह्र तारिखसम्म महासचिव सी चिन फिङको महत्वपूर्ण लेख राखिएको छ त्यसमा उहाँको कुराकानी, वार्ता, सम्बोधन, सोधबुझ, निर्देशन, बधाइ सन्देश लगायत ७९ वटा लेखलाई अठार फिचरमा विभाजित गरी समावेश गरिएको छ । हालसम्म सो किताबलाई चिनियाँ, अंग्रेजी, फ्रान्सेली, रुसी, अरबेली, स्पेनिश, पोर्तुगल, जर्मनी, जापानी आदि चौब्बीस किसिमका भाषा र सत्ताइस वटा संस्करणको रुपमा चीन र विदेशमा प्रकाशन गरिएको छ। यसले व्यापक ध्यानाकर्षण र उच्च मूल्याङ्कन पनि पाएको छ।

चिनियाँ कम्युनष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनपछि चिनियाँ तथा विदेशीलाई सी चिन फिङको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारको सम्पूर्ण जानकारी सम्पेषण गराउन तथा बुझाउनका लागि सन् २०१७ को नोभेम्बर "सी चिन फिङः गभर्नेन्स् अफ चाइनाको दोस्रो भाग" प्रकाशन भएको छ साथै व्यापक पाठकको माग पूरा गर्न त्यसको पहिलो भागको दोस्रो संस्करण पनि प्रकाशित गरिएको हो ।