यू–१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

यू–१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

४४६ पटक पढिएको

अफगानिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया अन्डर १९ विश्वकपको फाइनलमा पुगेको छ । क्राइस्टचर्चमा अफगानले दिएको १८१ रनको लक्ष्य अष्ट्रेलियाले ३७ दशमलव ३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । उसले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर म्याक्स ब्रायट मात्र ४ रनमा आउट भए, जतिबेला टिमको स्कोर २६ रन थियो । तर, ज्याक एडवाड्र्सले टिकेर खेले । उनले तेस्रो विकेटका लागि जेसन संगसँग ७७ रनको साझेदारी गरे । जेसन २६ रनमा आउट भए । जोनाथन मार्लोले १७ रन जोडे । चौथो विकेटका रुपमा आउट भएका एडवाड्र्सले ७२ रन बनाए, जतिबेला टिमको स्कोर १२९ रन थियो । परम उपल र नेथन मेकस्वीनीले पाँचौं विकेटका लागि अविजित ५३ रनमा साझेदारी गर्दै अष्ट्रेलियालाई जित दिलाए । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्ताको सुरुवात राम्रो भएन । इक्रम अली खेलले टिकेर खेले पनि अन्य ब्याट्सम्यानले साथ दिएर ठूलो पारी खेल्न सकेनन् ।