राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन फागुन ५ मा

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन फागुन ५ मा

१०९ पटक पढिएको

नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रथम राष्ट्रिय महाधिवेशन फागुन ५ गते हुने भएको छ । साना उद्योगी व्यवसायीको व्यावसायिक हक र अधिकारका लागि लामो समयसम्म लड्दै आएको महासंघले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । महासंघका अध्यक्ष नरेश कटुवालले महाधिवेशनमा १९ संस्थाका  ६ सय  प्रतिनिधिको सहभागिता रहने जानकारी दिनुभयो । उक्त महासंघमा झण्डै १० हजार साना व्यवसायी आबद्ध रहेका छन् ।

महासंघले सो महाधिवेशनमा घरबहाल नीति तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने, भन्सारमा सबै व्यवसायीलाई पहुँच र सहजीकरण गर्नुपर्ने, ढुवानीमा भएको सिण्डिकेट प्रथा हटाउनुपर्ने, व्यावसायिक शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्नेलगायतका कुरालाई प्रमुख मुद्दाका रुपमा उठाइने बताएको छ ।