चीन साँस्कृतिक केन्द्रको आयोजनामा चित्रकला प्रदर्शनी शुरु

चीन साँस्कृतिक केन्द्रको आयोजनामा चित्रकला प्रदर्शनी शुरु

६११ पटक पढिएको

काठमाडौं । आजदेखि चीन साँस्कृतिक केन्द्रको आयोजनामा ३ दिने चित्रकला प्रदर्शनी काठमाण्डौँमा शुरु भएको छ । नेपाल कला परिषदमा भएको प्रर्दशनीमा समकालिन चिनियाँ चित्रकलाहरु राखिएका छन् । प्रदर्शनको अवलोकनका लागि पुर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइराला, नेपालको लागि चिनियाँ राजदुत यु होगं, चीनका कलाकार टोली, कलाप्रेमी, नेपाल-चीन मैत्री संस्थाका प्रतिनिधी लगाएत विद्यार्थीहरुले अबलोकन गरेका छन् । अबलोकनका क्रममा कोइरालाले चित्रकला प्रदर्शनीले चीनसँगको सम्बन्धलाई अझै गहिरो बनाउन मदत गर्ने बताउनु भयो ।

प्राचीन शैलीको चित्रकला र नयाँ शैलीको चित्रकला नेपालमा प्रदर्शन गर्नुको कारण भने चीनको परम्परागत शैलीलाई नेपालमा परिचित गराउनु पनि भएको आयोजक टोलीको प्रमुख  यागंपेपे बताउनुहुन्छ । वर्ल्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकार भन्नुहुन्छ ‘यस्तो प्रदर्शनीले नेपाली जनता र चीनियाँ जनता विचको सम्बन्धलाई पनि बलियो बनाउने छ ।’ प्रदर्शनीमा  चिनियाँ कलाकारहरुको  ३६ वटा चित्रहरु राखिएका छन् ।