बिमल घर्तीमगर भारतीय क्लवबाट खेल्ने

बिमल घर्तीमगर भारतीय क्लवबाट खेल्ने

४१० पटक पढिएको

नेपालका स्ट्राइकर बिमल घर्तीमगर इण्डियाको मोहन बगाल क्लवमा अनुबन्ध भएका छन् । सो क्लवले हिजो साँझ विज्ञप्ति जारी गर्दै यसको पुष्टी गरेको हो । बिमल आजै कोलकत्ता जाँदैछन् । बिमलले भोलीबाटै अभ्यास शुरु गर्ने क्लवले जनाएको छ । अनुबन्ध रकमबारे भने खुलाइएको छैन । राष्ट्रिय टोलीका गोलकिपर किरन चेम्जोङ पनि केही समय अघि मात्र इण्डियन लिग बिजेता मिनेर्भा क्लवमा अनुबन्ध भएका थिए । यस्तै, अर्का खेलाडी रोहित चन्द इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट खेलिरहेका छन् ।