चिनियाँ यूएभीको नयाँ मोडलको सार्वजनिक समारोह न्यूयोर्कमा

चिनियाँ यूएभीको नयाँ मोडलको सार्वजनिक समारोह न्यूयोर्कमा

१९२ पटक पढिएको

चिनियाँ कम्पनी दीजीले हालै न्यूयोर्कमा आफ्नो कम्पनीको अध्ययन, अनुसन्धान तथा विकासबाट उत्पादित सबैभन्दा पछिल्लो यूएभी(मानवरहित हवाई वाहन) मोडल अर्थात् माभीक एयरलाई सार्वजनिक गरेको छ। यस मोडललाई पट्याएर खल्तीमा समेत राख्न मिल्छ। २१ मिनेटसम्म निरन्तर उड्नसक्ने यस वाहनलाई हातले पनि सञ्चालन गर्न सकिन्छ।

अमेरिकाको न्यूयोर्कमा आयोजित सार्वजनिक समारोहमा दीजी कम्पनीका रणनीतिक सहयोग निर्देशक माइकल पेरीले यस माभीक एयरको नयाँ मोडलबारे जानकारी दिएका हुन्।