चिनियाँ  विमानमा अब मोबाइल चलाउन पाइने -  वाईफाईको ब्यवस्था पनि

चिनियाँ विमानमा अब मोबाइल चलाउन पाइने - वाईफाईको ब्यवस्था पनि

७९६ पटक पढिएको

हालै चाइना इस्टर्न एयरलाइन्स, हाइनान एयरलाइन्स र चाइना साउथर्न एयरलाइन्सले आफ्ना विमानहरूमा पोर्टेबल इलेक्ट्रोनिक डिभाईस (पी.इ.डि.) को प्रयोग गर्ने वातावरण दिएका छन् । हाललाई ती चिनियाँ एयरलाइन्सका घरेलु तथा अन्तर्राष्ट्रिय उड्डयनका केही विमानमा मात्र यो सेवा उपलब्ध गराएको छ। स्मार्टफोन, आइप्याड लगायतका दीवाइस अर्थात् साधनहरूका लागि उपग्रहद्वारा संचालित वाइफाइ सेवा प्रदान गरिएको छ।