अमेरिकामा बजेट अभावः काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द

अमेरिकामा बजेट अभावः काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द

२१७ पटक पढिएको

काठमाडौं स्थित अमेरिकी दूतावासले केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको छ । बजेट अभावको कारण दूतावासले सो निर्णय लिएको बताईएको छ । नेपालस्थित अमेरिकी दूतावासको अफिसियल ट्विटर ह्याण्डलमा काठमाडौं स्थित केन्द्रीय पुस्तकालय र दूतावासले चलाउँदै आएको ट्वीटर अकाउन्ट बन्द हुने उल्लेख गरिएको छ । तर भिसा र पासपोर्ट प्रोसे–सिङका कामहरु भने नरोकिएको सूचनामा उल्लेख छ ।

अमेरिकाको तल्लो सदनले बजेट पास गरे पनि माथिल्लो सदनबाट पास हुन नसकेपछि बजेट अभावको असर काठमाडौं स्थित अमेरिकी दूतावासमा पनि परेको हो । गत शनिबार भएको मतदानमा बजेटको पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो ।