बलिउडकी सबैभन्दा मंहगी अभिनेत्री दिपिका

बलिउडकी सबैभन्दा मंहगी अभिनेत्री दिपिका

१०१६ पटक पढिएको

बलिउडमा होस या हलिउडमा होस दुवैनमा आफ्नो चर्चा बटुल्न सफल अभिनेत्री हुन् -दिपिकी पादुकोण । एक दशकको अभिनय यात्रामा बलिउडकी सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल चलचित्र दिने नायिका रूपमा पनि दिपिका परिचित छिन् । हरेक वर्ष सिनेकर्मी फोब्र्स पत्रिकाले धनी सिनेकर्मीको सूची प्रकाशित गर्ने गर्दछ । त्यस भित्र बलिउडमा कोही कलाकार यो सुचीमा पर्ने गर्दछन् । यस पटक भने बलिउडकै सबै भन्दा महँगी सिनेकर्मीमा अभिनेत्री दिपिका पादुकोण परेकी छिन् । उनी बलिउडमा धनी सिनेकर्मी मध्य छैटौँ स्थानमा परेकी हुन् । दिपिका सन् २०१७ मा १९ मिलियन अमेरिकी डलर कमाउने धनी अभिनेत्री पनि हुन् । उनको यति बेला नयाँ चलचित्र ‘पध्मावती’ प्रदर्शनको तयारीमा छ ।